शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी सस्तियो

बुधबार, असोज २९ २०८२
प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी सस्तियो

बुधबार सुन प्रतितोला चारसय रूपैयाँले महँगिँदा चाँदी भने प्रतितोला ८५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको छ। नेपाली बजारमा बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रूपैयाँ तोकिएको छ। 

मंगलबार सुन ८ हजार रूपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदी भने बुधबार प्रतितोला ८५ रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला ३ हजार २ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता मंगलबार चाँदी प्रतितोला ३ हजार ३ सय २५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, असोज २९ २०८२११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend