काठमाडौं- अन्तर्राष्ट्रियस्तरमा स्थापित घरेलु उपकरण ब्रान्ड ब्ल्याक प्लस डेकरले नेपालमा आफ्नो उपभोक्तामुखी उपस्थिति थप सशक्त बनाउँदै चाडबाड विशेष उपहार योजना चलाइरहेको छ।
यस योजनाअन्तर्गत ब्ल्याक प्लस डेकरका उपकरण खरिद गर्ने ग्राहकहरूले हिरो स्प्लेन्डर प्लस बाइक, भियतनाम ट्रिप तथा सीजी सफारी ट्रिपजस्ता आकर्षक उपहार जित्न सक्नेछन्।
नेपालमा ब्ल्याक प्लस डेकरका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्सद्वारा आधिकारिकरूपमा बिक्रीवितरण हुँदै आएको छ। देशभरका सीजी डिजिटल आउटलेटहरू तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध छन्।
ग्राहकको अनुभवलाई अझ मूल्यवान बनाउने उद्देश्यले यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ। यस योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक प्लस डेकरको कुनै पनि घरेलु उपकरण खरिद गर्नुपर्नेछ र क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।
भदौ २० गतेदेखि चलिरहेको यो योजना सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीको भनाइ छ।


