काठमाडौं- निरन्तर उचाइतर्फ लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ। मंगलबार तोलामा ८ हजार एकसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रूपैयाँ पुगेको छ।
निरन्तर बढिरहेको सुनको मूल्य गएको शुक्रबार घटेको थियो। यो साता आइतबार पुन: तीन हजार रूपैयाँले बढ्दै उकालो लागेको सुनको मूल्य सोमबार पनि प्रतितोला २४ सय रूपैयाँले बढेको थियो।
सोमबार सुन २ लाख ४० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
लगातार उकालो लागिरहेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १०५ रूपैयाँ वृद्धि भएको छ।
मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय २५ रूपैयाँ तोकिएको छ।
यो साता सोमबार चाँदी प्रतितोला ३ हजार २ सय २० रूपैयाँमा कारोबार भएको थियो।


