वीरगञ्ज- वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लू वृद्धिले यहाँ आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको छ। जहाँ ग्राहकले दिपल र अवतारका लक्जरियस ईभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन्।
यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस०५ हुनेछ जुन नाडा अटो शोमा सो स्टपरका रुपमा स्थापित भएको थियो।
रिमोट इन एन्ड आउट पार्र्किङ, क्विन कोपाइलट सी र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ हिट ईभी बन्ने सफल भएको हो।
यो विशेष एक्सपिरियन्स र एक्सचेन्जमा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछ।
ग्राहकहरुले फ्युचरिस्टिक दिपल ईभी मात्र होइन मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्न सक्नेछन् जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको हो।
आगामी आइतबारसम्म चल्ने यो कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निशुल्क वाल तथा ट्राभल चार्जर र निःशुल्क एसेसोरिज पनि पाउने छन्।
तसर्थ वीरगञ्ज, जनकरपुर हेटौँडा तथा आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड हुने यो उत्कृट समय हुने कम्पनीले जनाएको छ।


