शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट

सोमबार, असोज २७ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट

सुविधा उपभोगका लागि बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई काठमाडौंको सुकेधारास्थित मर्क्योर होटलमा विशेष छुट मिल्ने भएको छ। बैंक र होटलबीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो।

यस सम्झौतासँगै एनआईसी एसिया बैंकका ग्राहकले उक्त होटलमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। होटलमा आवास सेवा लिँदा १५ प्रतिशत र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट रहेको छ।

सुविधा उपभोगका लागि बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ।

यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रकाशित : सोमबार, असोज २७ २०८२१६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend