काठमाडौं- एमएडब्लू वृद्धिले नामीको एक हजारभन्दा बढी गाडी बिक्री तथा सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ प्रिमियम ईभी ह्याचब्याकको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।
नामी करिब १४ महिनाअगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो। यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलोपटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो र त्यहीँबाट ग्राहकमाझ यो निकै लोकप्रिय बनेको कम्पनीको भनाइ छ।
यसमा वेलकमिङ सिट, अटो पार्किङ, फ्रेमलेस डुअर, फ्लस ह्यान्डलजस्ता सेगमेन्ट-फर्स्ट फिचरहरूका साथै लेभल २ एडास , वायरलेस चार्जिङ र भेन्टिलेटेड सिटजस्ता सेगमेन्टमै उत्कृष्ट अत्याधुनिक प्रविधिहरू रहेका छन्।
कम्पनीका अनुसार नामीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज दिनसक्ने भएकाले ग्राहकहरूले यसलाई निकै मन पराएका छन् भने यसको डिजाइन, प्रिमियम फिचर र रङका विकल्पको पनि निकै आकर्षक छन्।
उत्सव कार्यक्रममा एमएडब्लूका वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, 'ग्राहकहरू नामीलाई यसकारण मन पराउँछन् कि यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ। यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढि अनुभव पनि प्रदान गर्छ।'
बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालको ईभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको छ र देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको कम्पनीको भनाइ छ।


