काठमाडौं- सुनको मूल्य तोलाकै २ लाख ४० हजार ४ सय रूपैयाँ पुगेको छ। जुन अहिलेसम्मकै उच्च हो।
निरन्तर बढिरहेको सुनको मूल्य गएको शुक्रबार घटेको थियो। यो साता आइतबार पुन: तीन हजार रूपैयाँले बढ्दै उकालो लागेको सुनको मूल्य सोमबार पनि प्रतितोला २४ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो।
आइतबार सुन प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार भएको थियो।
यसअघि गएको बिहीबार सुन उच्च मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँ थियो।
यस्तै, चाँदी पनि प्रतितोला ९५ रूपैयाँले महँगिएको छ।
यो साता आइतबार प्रतितोला ३ हजार १ सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला ३ हजार २ सय २० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


