शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आजबाट 'धनतेरस टाटा उत्सव'

आइतबार, असोज २६ २०८२
आजबाट 'धनतेरस टाटा उत्सव'

टाटाको नेपालभरि रहेको शोरुमहरुमा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनीले जनाएको छ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभदीपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा 'धनतेरस टाटा उत्सव' कार्यक्रम आजबाट शुभारम्भ गरेको छ। 

हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने सुनौलो मौका प्राप्त गर्न सक्नेछन्।

टाटाको नेपालभरि रहेको शोरुमहरुमा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनीले जनाएको छ।

यस विशेष कार्यक्रमअन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पन्च, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

यस्तै, यस कार्यक्रमअन्तर्गत फ्रि लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्रि एक्सेसरीज, व्यापक अटोप्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्रि एम्बोस्ड नम्बर प्लेट र फ्रि होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधाहरू ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्।

यसका साथै यस पर्वलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने हेतुले सुनको असर्फी भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरुप प्राप्त गर्न सक्नेछन्। 


प्रकाशित : आइतबार, असोज २६ २०८२१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend