काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रूपैयाँले वृद्धि भएको छ। आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
निरन्तर बढिरहेको सुनको मूल्य गएको शुक्रबार प्रतितोला ४ हजार २ सय रूपैयाँले घटेर प्रतितोला २ लाख ३५ हजार रूपैयाँमा कारोबार भएको थियो। यो साता आइतबार सुनको मूल्य पुन: बढेको हो।
चाँदी पनि आज प्रतितोला ४० रूपैयाँले महँगिएको छ।
गएको शुक्रबार प्रतितोला ३ हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबारका लागि प्रतितोला ३ हजार १ सय २५ रूपैयाँ तोकिएको छ।


