शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आजबाट सुरु भयो एमएडब्लू वृद्धिको एक्सचेन्ज मेला, पहिलो दिन ग्राहकको उत्साहकजनक सहभागिता

शुक्रबार, असोज २४ २०८२
आजबाट सुरु भयो एमएडब्लू वृद्धिको एक्सचेन्ज मेला, पहिलो दिन ग्राहकको उत्साहकजनक सहभागिता

एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने सक्नेछन्।

काठमाडौं- नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लू वृद्धिले आजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक शोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ। 

आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ। ग्राहकहरु दिपल, अवतार, नामी र सेरेसका ईभीहरुमा ग्राहक झुमिरहेका थिए। त्यसैगरी रोबोटका क्रियाकलाप र रेसिङ सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए।

एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने सक्नेछन्। काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष ईभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन्। 

ग्राहकहरुले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको  सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन्। यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन्। यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउने कम्पनीले जनाएको छ। 

एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिने छ। 

काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण शोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ। जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउने छन्। 


प्रकाशित : शुक्रबार, असोज २४ २०८२१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend