काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य अझै थामिएको छैन। लगातार बढी नै रहेको छ।
यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीबार पनि तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँ पुगेको छ। जुन अहिलेसम्मकै उच्च हो।
यो साता सोमबार २५ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार २३ सयले उकालो लागेको थियो। बुधबार पनि २६ सयले बढ्दै सुन प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार स्थिर रहेर बुधबार सामान्य सस्तिएको चाँदी पनि बिहीबार पुन: महँगिएको छ। बिहीबार चाँदी प्रतितोला ७० रूपैयाँले बढेर प्रतितोला ३ हजार २५ रूपैयाँ कायम भएको छ।
यो साता बुधबार चाँदी प्रतितोला २ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।


