काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले वीरगञ्जस्थित किरण आँखा अस्पतालमा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको हो।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। ओपीडी, सर्जरी, डाइग्नोस्टिक्स र ब्रान्डेड तथा ननब्रान्डेड अप्टिकले सेवा लिँदा उक्त छुट मिल्ने छ।
सुविधा उपभोगका लागि ग्राहकले बैंकको डेबिट-क्रेडिट वा प्रिपेड कार्ड अथवा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
यस सहकार्यले ग्राहकलाई आँखा उपचारमा सहयोग पुग्नुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।


