शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

माइडियाको चाडपर्वलक्षित योजना : बम्पर लक्की ड्रमा हिरो जुम, ३७ हजारसम्मको क्यासब्याक अफरसँगै विविध उपहार

बुधबार, असोज २२ २०८२
माइडियाको चाडपर्वलक्षित योजना : बम्पर लक्की ड्रमा हिरो जुम, ३७ हजारसम्मको क्यासब्याक अफरसँगै विविध उपहार

माइडिया गुणस्तरीय उत्पादन र उपभोक्तामैत्री प्रविधिका कारण विश्वभर लोकप्रिय छ।

काठमाडौं- सीजी इलेक्ट्रोनिक्सले आफ्नो ग्लोबल होम अप्लायन्स ब्राण्ड माइडियाको तर्फबाट चाडपर्वलक्षित 'माइडिया बाइ एण्ड विन जुम' योजना ल्याएको छ। यस विशेष अफरअन्तर्गत उपभोक्ताहरुले माइडियाका होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

योजनाअन्तर्गत बम्पर लक्की ड्रमा 'हिरो जुम १२५ सीसी' रहेको छ भने मल्टीडोर रेफ्रिजिरेटरमा फ्रि इन्डक्सन, वासिङ मेसिनमा एरियल ६ केजी, डिसवासरमा डिसवासर ट्याबलेट उपहार रहेको छ। 

यस्तै अधिकतम ३७ हजार ७ सय रूपैयाँसम्मको क्यासब्याक अफर पनि रहेको छ। उपभोक्ताहरुले खरिदपश्चात उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेर बम्पर लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

माइडिया गुणस्तरीय उत्पादन र उपभोक्तामैत्री प्रविधिका कारण विश्वभर लोकप्रिय छ। अफर सीमित अवधिभर लागु हुनेछ।


प्रकाशित : बुधबार, असोज २२ २०८२१३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend