शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आकासिँदो सुनको मूल्य, आज २६ सयले बढेर तोलाकै २ लाख ३८ हजार पुग्यो

बुधबार, असोज २२ २०८२
आकासिँदो सुनको मूल्य, आज २६ सयले बढेर तोलाकै २ लाख ३८ हजार पुग्यो

बुधबार सुनको मूल्य प्रतितोला २६ सय रूपैयाँले बढ्दा चाँदी भने प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- निरन्तर उकालो लागिरहेको सुनको मूल्य बुधबार पनि प्रतितोला २ हजार ६ सय रूपैयाँले बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएसँगै नेपाली बजारमा पनि लगातार बढ्दै रेकर्ड बनाइरहेको सुनको मूल्य यो साता सोमबार २५ सय रूपैयाँले बढेको थियो। मंगलबार सुन तोलामा २३ सयले बढ्दै प्रतितोला २ लाख ३५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

लगातार उकालो लाग्दै मंगलबार स्थिर रहेको चाँदीको मूल्य भने बुधबार प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ५५ रूपैयाँ तोकिएको छ।

यो साता सोमबार र मंगलबार चाँदी प्रतितोला २ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, असोज २२ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend