शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तोलाकै २ लाख ३३ हजार एकसय रूपैयाँ पुग्यो सुनको मूल्य

सोमबार, असोज २० २०८२
तोलाकै २ लाख ३३ हजार एकसय रूपैयाँ पुग्यो सुनको मूल्य

सुनको मूल्य सोमबार तोलाकै २ लाख ३३ हजार एकसय रूपैयाँ पुगेको छ।

काठमाडौं- सुनको मूल्य तोलाकै २ लाख ३३ हजार एकसय रूपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।

सोमबार प्रतितोला २ हजार ५ सय रूपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड कायम भएको हो।

यो साता आइतबार सुन प्रतितोला २ लाख ३० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ३० रूपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला २ हजार ९ सय ३० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला २ हजार ९ सय ६० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : सोमबार, असोज २० २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend