शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टाडा २०२५ मा चांगान दिपलको दबदबा : दिपल एस०७ र एस०५ ले जित्यो ग्लोबल डिजाइन अवार्ड

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १९ २०८२
टाडा २०२५ मा चांगान दिपलको दबदबा : दिपल एस०७ र एस०५ ले जित्यो ग्लोबल डिजाइन अवार्ड

‘पिमोन्टे मिट चाइना’ अवधारणमा सुरु भएको टाडा अवार्ड विशेषगरी युरोपेली बजारमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरुको डिजाइन योगदानमा केन्द्रित छ।

काठमाडौं- अटोमोबाइल डिजाइनको ग्लोबल हब मानिने इटालीको टुरिनमा भएको टुरिनो अटोमोटिभ डिजाइन अवार्ड (टाडा) मा चांगानको दिपल एस०७ ले बेस्ट एक्टेरियर डिजाइन अवार्ड र दिपल एस०५ ले बेस्ट ह्युमन सेन्ट्रिक इन्टेलिजेन्ट इन्टिग्रसन अवार्ड जितेको छ। यी उपलब्धीहरुले चांगानको विश्वव्यापी डिजाइन क्षमता र सौन्दर्यलाई स्मार्ट प्रविधिसँग संयोजना गर्ने प्रतिबद्धतालाई जोड दिन्छ।

‘पिमोन्टे मिट चाइना’ अवधारणमा सुरु भएको टाडा अवार्ड विशेषगरी युरोपेली बजारमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरुको डिजाइन योगदानमा केन्द्रित छ।

टुरिनका प्रतिष्ठित संस्थाहरुले नेतृत्व गरेको यो पुरस्कार पाँच वटा डिजाइनका क्षेत्रमा सर्वश्रेष्ठ उत्पादनलाई प्रदान गरिन्छ जसमा एक्टेरियर डिजाइन, इन्टेरियर डिजाइन, ह्युमन सेन्ट्रिक इन्टिग्रेसन, मेटेरियल एन्ड सस्टेनेबिलिटी र इनोभेटिभ फिचर पर्छ। विजेताहरुलाई २०२५ सेप्टेम्बर २६ मा टुरिनको पालाजो मादामा भएको भव्य समारोहमा इटालीका अग्रणी अटो डिजाइन संस्थानका निर्णायक मण्डले चयन गरेका हुन्।

निर्णायक मण्डलले दिपल एस०७ लाई यसको आकर्षक एक्सटेरियल डिजाइन, डाइनामिक प्रोपेर्सन र भिजुअल हार्मोनीमार्फत अन्तर्राष्ट्रिय बजारमा चिनियाँ अटो डिजाइनको मापदण्ड स्थापित गरेको भन्दै यो पुरस्कार प्रदान गरेको हो। त्यसैगरी दिपल एस०५ लाई यसको एड्भान्स्ड् ह्युमन मेसिन इन्टरफेस, इन्टेलिजेन्ट फिचर र टेक्नोलोजीसँग सिमलेस इन्टिग्रेसनका लागि बेस्ट ह्युमन सेन्ट्रिक इन्टेलिजेन्ट इन्टिग्रसन अवार्ड दिइएको हो। 

चांगानको डिजाइन क्षमताको अन्तर्राष्ट्रिय रुपमा प्रशंसा बढिरहकै बेला यी अवार्डहरु दिइएको हो। दिपल एस०५ ले यसै वर्ष डिजाइन इनोभेसन र इन्टरेक्टिभ ककपिट फिचरका लागि प्रतिष्ठित आईएफ डिजाइन अवार्ड हासिल गरेको थियो। 

‘टाडा एउटा पुरस्कार मात्र होइन, यो चिनियाँ अटोमोबाइल निर्माताहरु विश्वको सबैभन्दा उच्च डिजाइन स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विश्वासको प्रमाण हो,’ टुरिन अटो शोका अध्यक्ष तथा टाडा कार्यकारी समितिका प्रमुख आन्द्रेआ लेबीले भने, ‘यो पुरस्कार महत्वपूर्ण छ किनभने हामी चिनियाँ कारहरु प्रविधिमा मात्र होइन डिजाइनमा पनि अब्बल छन् भन्ने मान्यता दिन चाहन्छौँ।’

टाडा चिनियाँ र युरोपेली अटो बजारबीच सहकार्यलाई बढावा दिने उद्देश्यले स्थापित पहिलो प्रोफेस्नल अटोमोटिभ डिजाइन अवार्ड हो। चांगान दिनपल आफ्नो विश्वव्यापी विस्तारलाई अगाडी बढाउँदै गर्दा यी अवार्डहरुले ब्रान्डको डिजाइन विश्वसनीयतालाई अझ बलियो बनाइरहेको छ। चांगान डिजाइन, प्रविधि र युजर एक्सपिरियन्सको सीमालाई अझ फराकिलो बनाउने प्रतिबद्धता जाहेर गर्छ।  


प्रकाशित : आइतबार, असोज १९ २०८२१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend