काठमाडौं- स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले नेपालमा विद्यमान आर्थिक मन्दी र देशभरी भएका क्षतिका कारण सवारीसाधन गुमाएका नेपालीलाई लक्षित गर्दै विशेष योजना घोषणा गरेको छ।
दसैँ तथा दैनिक तथा व्यावसायिक साझेदारी सहज बनाउने उद्देश्यले कम्पनीले तत्काल नयाँ स्काइवेल ईभी डेलिभरी गर्ने योजना ल्याएको जनाएको छ।
जी मोटर्सका अनुसार यो योजना विषम परिस्थिति मध्यनजर गर्दै ग्राहकलाई सहयोग पुगोस भनेर ल्याइएको कम्पनीको भनाइ छ। यस योजनामा सहभागी हुन इच्छुक ग्राहकले आफ्नो नजिकमा रहेको स्काइवेलको शोरुममा गइ आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेमको कागजात बुझाउनुपर्ने छ।
कागजात बुझाएलगत्तै ग्राहकले तुरुन्तै नयाँ गाडी डेलिभरी लिन सक्नेछन्। यसमा कम्पनीले थप अफर पनि उपलब्ध गराउने छ।
उक्त योजनाअन्तर्गत ग्राहकको क्षतिलाई मनन गर्दै कम्पनीले १० लाखसम्मको विशेष सहयोग दिने जनाएको छ। यसका साथै हरेक स्काइवेल ईभी खरिदमा आइफोन १७ पनि प्राप्त हुने कम्पनीको भनाइ छ।
नेपालमा स्काइवेलका विद्युतीय एसयूभी उपलब्ध रहेका छन्।


