शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

हुन्डाईको दसैँतिहार उपहार योजना : धनगढीका अभिषेक बने १० लाख जित्ने पहिलो भाग्यशाली ग्राहक

बिहीबार , असोज ९ २०८२
हुन्डाईको दसैँतिहार उपहार योजना : धनगढीका अभिषेक बने १० लाख जित्ने पहिलो भाग्यशाली ग्राहक

हुन्डाई नेपालले ग्राहकलाई नजिकको हुन्डाई शोरुममा गएर यस अफरको लाभ उठाउन अनुरोधसमेत गरेको छ।

काठमाडौं- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँतिहार अफर 'दसैँ तिहार, १० गुणा उपहार' अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ।

धनगढीका अभिषेक चौधरी हुन्डाई क्रेटा खरिद गरी दसैँतिहार अफरअन्तर्गतको स्क्र्याच कार्डमार्फत १० लाख रूपैयाँ जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका छन्।

हुन्डाई नेपालले यो अफर यही भदौ २ गतेबाट सुरु गरेको थियो, जसअन्तर्गत ग्राहकका लागि ८ लाख रूपैयाँसम्मको नगद छुट, १० लाख रूपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनसको अफर छ।

साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। प्रत्येक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधासमेत उपलब्ध हुनेछ।

हुन्डाई नेपालले ग्राहकलाई नजिकको हुन्डाई शोरुममा गएर यस अफरको लाभ उठाउन अनुरोधसमेत गरेको छ।


प्रकाशित : बिहीबार , असोज ९ २०८२१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend