काठमाडौं- यो साता लगातार बढेर निरन्तर रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ।
बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ७ सय रूपैयाँले घटेर प्रतितोला २ लाख २१ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता बुधबार सुन प्रतितोला २ लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १५ रूपैयाँले घटेको छ।
महासंघका अनुसार बुधबार प्रतितोला २ हजार ७ सय रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला २ हजार ६ सय ८५ रूपैयाँ तोकिएको छ।


