शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सीजीको साना घरायसी उपकरणको खरिदमा भियतनाम ट्रिप र हिरो स्प्लेन्डर प्लस बाइक

बुधबार, असोज ८ २०८२
सीजीको साना घरायसी उपकरणको खरिदमा भियतनाम ट्रिप र हिरो स्प्लेन्डर प्लस बाइक

यस योजनाले ग्राहकको जीवनलाई अझ सहज र रोचक बनाउने कम्पनीको विश्वास छ।

काठमाडौं- सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत साना घरायसी उपकरणमा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ।

यस योजनाले गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकहरूलाई केवल आधुनिक जीवनशैली प्रदान गर्दैन, बरु तिनलाई आकर्षक पुरस्कार जित्ने अवसरसमेत दिने कम्पनीको भनाइ छ। 'भित्र्याऔँ खुशी र समृद्धि ह्यासट्याग लेभल अप विथ सीजी' भन्ने मूल सन्देशसँग यो योजना सुरु गरिएको कम्पनीले जनाएको छ।

सीजीले लामो समयदेखि नेपाली उपभोक्ताका लागि विश्वसनीय र प्रगतिशील इलेक्ट्रोनिक्स उत्पादनहरू ल्याउँदै आएको छ। चाडपर्वको मौकामा ग्राहकको उत्साह र सन्तुष्टिलाई अझ प्रगाढ बनाउन, यसपटक उपभोक्ताहरूलाई जीवनमा खुशी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान ल्याइएको हो। 

यस योजनाअन्तर्गत अभियानको अन्त्यमा भाग्यशाली विजेताले अविस्मरणीय भियतनाम ट्रिप, हिरो स्प्लेन्डर प्लस मोटरसाइकल प्राप्त गर्न सक्नेछन्। साथै योजना अवधिभर प्रत्येक १५ दिनमा आयोजना हुने लक्की ड्रमा थुप्रै ग्राहकहरूले आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन्, जसले उपभोक्तामा थप उत्साह जाग्ने कम्पनीको विश्वास छ।

यस योजनामा सहभागी हुन ग्राहकहरूले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।

यो योजना भदौ २० गतेदेखि नै देशभरिका सीजी डिजिटल आउटलेटहरू र आधिकारिक च्यानल पार्टनरमार्फत सञ्चालनमा छ।


प्रकाशित : बुधबार, असोज ८ २०८२१६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend