काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा महँगिएसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ। यो साता लगातार उचाइतर्फ लाग्दै रेकर्डमाथि रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार पनि हालसम्मकै उच्च कायम भएको छ।
बुधबार तोलामा १३ सय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रूपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।
यो साता आइतबार प्रतितोला ११ सय रूपैयाँले महँगिएको सुनको मूल्यले सोमबार र मंगलबार पनि रेकर्ड कायम गरेको थियो। मंगलबार सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, निरन्तर उकालो लागिरहेको चाँदीको मूल्य पनि बुधबार तोलामा २० रूपैयाँले बढेर प्रतितोला २ हजार ७ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार चाँदी प्रतितोला २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


