शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गोडरेज एप्लायन्सेसको उत्सवी योजना : आकर्षक उपहार, क्यासब्याकसँगै यस्ता छन् सेवासुविधा

मंगलबार, असोज ७ २०८२
गोडरेज एप्लायन्सेसको उत्सवी योजना : आकर्षक उपहार, क्यासब्याकसँगै यस्ता छन् सेवासुविधा

नेपालमा चौधरी ग्रुपको सहायक कम्पनी सीजी इलेक्ट्रोनिक्सले गोडरेजका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।

काठमाडौं- नेपाली उपभोक्तालाई लक्षित गर्दै गोडरेज एप्लायन्सेसले यस वर्षको दशैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन नयाँ उत्सवी योजना 'मनैदेखि वाउ' सार्वजनिक गरेको छ।

यस विशेष योजनाअन्तर्गत गोडरेजका विभिन्न अत्याधुनिक उत्पादनहरू साइड बाइ साइड रिफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रिजर र एयर कूलर खरिद गर्ने प्रत्येक उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा पाउनेछन्।

साइड बाइ साइड रिफ्रिजरेटर खरिदमा वाटर डिस्पेन्सर उपहार मिल्नेछ भने फ्रन्ट लोड वासिङ मेसिन खरिदमा एरियल ६ केजी, टप/ट्विन टब वासिङ मेसिन खरिदमा एरियल ३ केजी उपहार रहेको छ भने एयर कन्डिसनर खरिदमा फ्रि इन्सटलेसन सुविधा रहेको छ।

यसका अतिरिक्त उपभोक्ताले ३१ हजार ५ सय रूपैयाँसम्मको क्यासब्याक, फ्रि डेलिभरी तथा सजिलो एक्सचेन्ज र ईएमआई सुविधा पनि पाउने कम्पनीले जनाएको छ। 

गोडरेज इन्टरप्राइजेज ग्रुपअन्तर्गतको गोडरेज एन्ड बोइस को एप्लायन्सेस व्यवसाय भारतकै अग्रणी होम एप्लायन्सेस ब्रान्ड हो। सन् १९५८ मा फ्रिज उत्पादन गर्ने पहिलो भारतीय कम्पनीका रूपमा सुरु भएको यस ब्रान्डले आज वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रीजर, एयर कूलरलगायतका उत्पादनहरू प्रस्तुत गर्दै आएको छ।

नेपालमा चौधरी ग्रुपको सहायक कम्पनी सीजी इलेक्ट्रोनिक्सले गोडरेजका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : मंगलबार, असोज ७ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend