शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च, सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ

मंगलबार, असोज ७ २०८२
सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च, सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ

सोमबार २ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी आज मंगलबार प्रतितोला २ हजार ६ सय ८० रुपैयाँमा पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो।

काठमाडौं- सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ। मंगलबार नेपाली बजारमा सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

सोमबार प्रतितोला ७ सय रूपैयाँले बढेर २ लाख १७ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार ३ हजार ९ सय रुपैयाँले बढेको हो। 

त्यस्तै सोमबार २ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी आज मंगलबार प्रतितोला २ हजार ६ सय ८० रुपैयाँमा पुगेको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो।


प्रकाशित : मंगलबार, असोज ७ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend