शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

मंगलबार, असोज ७ २०८२
एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शोरुमहरूमा उपलब्ध हुनेछ र यो छुट चाडपर्वको समयमा मात्र लागु हुनेछ।

काठमाडौं- एनएमबि बैंक लिमिटेडले चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ।

उक्त सहकार्यअन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा ५ हजार रूपैयाँको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शोरुमहरूमा उपलब्ध हुनेछ र यो छुट चाडपर्वको समयमा मात्र लागु हुनेछ।

यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ। छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नुअघि शोरुमलाई जानकारी गराउनुपर्ने छ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ।

बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको जनाएको छ।


प्रकाशित : मंगलबार, असोज ७ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend