काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले बढेको छ।
गएको शुक्रबार प्रतितोला २ लाख १६ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि प्रतितोला २ लाख १७ हजार १ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य आजका लागि प्रतितोला २ हजार ६२० रूपैयाँ तोकिएको छ।
गत शुक्रबार २ हजार ५८० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ४० रूपैयाँले वृद्धि भएको हो।


