शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपांग्रे सवारीमा अफर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३ २०८२
बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपांग्रे सवारीमा अफर

काठमाडौं- मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिने जनाइएको छ।

ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिने जनाइएको छ। साथै एडिसनल भ्यालुएसन १० हजार रुपैयाँसम्मको, आकर्षक नगद छुट, फ्री एक्सेसरीज, र अन द स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्। साथै ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ। यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्ने छैन। शून्य सर्भिस चार्ज र सरल  किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन्।

बजाजले यसअघि नै दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, एबिथभच या तजभ ध्भभप बन्ने ग्राहकलाई १ लाख नगद,  चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन्।

हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडबाड्को अवसरमा ग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, असोज ३ २०८२१६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend