शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एसपीजी अटोमोबाइल्सद्वारा मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना

बिहीबार , असोज २ २०८२
एसपीजी अटोमोबाइल्सद्वारा मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना

समुद्र सतहदेखि ३ हजार ५ सय  मिटरभन्दा माथि अवस्थित यो चार्जिङ स्टेसन नेपालमा ओमोडा र जेइको कम्पनीद्वारा स्थापना गरिएको नेपालको सबैभन्दा माथिल्लो उचाइमा रहेको चार्जिङ स्टेसन हो।

मुस्ताङ- एसपीजी अटोमोबाइल्सले मुस्ताङ-जोमसोम-कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको चराङमा नयाँ विद्युतीय गाडीको (ईभी) चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गरेको छ।

कोरला नाकामा रहेको भन्सार कार्यालय सञ्चालनमा आएसँगै चार्जिङ स्टेसन स्थापना भएको हो। यस स्टेसनको उद्घाटन बुधबार दामोदरकुण्ड गाउँपालिका अध्यक्ष, लोप्साङ छोम्फेल विष्टले गरेका हुन्।

समुद्र सतहदेखि ३ हजार ५ सय  मिटरभन्दा माथि अवस्थित यो चार्जिङ स्टेसन नेपालमा ओमोडा र जेइको कम्पनीद्वारा स्थापना गरिएको नेपालको सबैभन्दा माथिल्लो उचाइमा रहेको चार्जिङ स्टेसन हो। यसले उपल्लो मुस्ताङ र कोरलातर्फ जाने यात्रुहरूको लागि यात्रा सहज बनाउने अपेक्षा गरिएको छ। यसअघि जोमसोमपछि चार्जिङ सुविधा नहुँदा यात्रुहरूले आफ्नो ईभी छोडेर यात्रा जारी गर्नुपर्थ्यो।

उद्घाटनमा एसपीजी अटोमोबाइल्स, सर्भिस एन्ड आफ्टर सेल्सका महाप्रबन्धक कृष्ण पोखरेलले प्राविधिक चुनौतीहरूलाई उजागर गर्दै भने, 'नेपाल विद्युत प्राधिकरणले चराङसम्म ३३ केभी ट्रान्समिसन लाइन विस्तार नगरेकाले अस्थायी रूपमा आधारभूत चार्जिङ स्टेसन स्थापना गरिएको हो। यो पहल स्थानीय प्रतिनिधि र सरोकारवालाहरूसँगको परामर्श र सहयोगपछि सम्भव भएको हो।'

यस चार्जिङ स्टेसनको स्थापना यस क्षेत्रको यातायातको गतिशीलता बढाउने मात्र नभइ स्थानीयस्तरमा विभिन्न रोजगारी सिर्जना गर्न र वातावरणीय दिगोपनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षाले गरिएको छ।

यस उपलब्धिसँगै, एसपीजी अटोमोबाइल्स र ओमोडा एन्ड जेइकोले नेपालमा दिगो मोबिलिटी सोलुसनको क्षेत्रमा नेतृत्व गर्दै, देशको दुर्गम र उच्च पहाडी क्षेत्रमा भरपर्दो ईभी पूर्वाधार पुर्‍याउन निरन्तर कदम चाल्दै आएको छ।


प्रकाशित : बिहीबार , असोज २ २०८२१८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend