काठमाडौं- बुधबार एक हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि प्रतितोला ९ सय रूपैयाँले सस्तिएको छ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो साता बुधबार सुन प्रतितोला २ लाख १६ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार नेपाली बजारमा प्रतितोला ३० रूपैयाँले घटेको छ।
महासंघका अनुसार बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय २० रूपैयाँ तोकिएको छ।
यो साता बुधबार चाँदी प्रतितोला २ हजार ५ सय ५० रूपैयाँमा कारोबार भएको थियो।


