शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

उच्च मूल्यबाट ओरालोतर्फ सुन, प्रतितोला एक हजार रूपैयाँले सस्तियो

बुधबार, असोज १ २०८२
उच्च मूल्यबाट ओरालोतर्फ सुन, प्रतितोला एक हजार रूपैयाँले सस्तियो

बुधबार चाँदी पनि प्रतितोला ४५ रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ। मंगलबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य बुधबार घट्दै प्रतितोला २ लाख १६ हजार एकसय रूपैयाँ कायम भएको छ।

यो साता मंगलबार सुन प्रतितोला २ लाख १७ हजार एकसय रूपैयाँ पुग्दै नयाँ रेकर्ड कायम भएको थियो।

यस्तै, बुधबार चाँदी पनि प्रतितोला ४५ रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला २ हजार ५ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बुधबारका लागि प्रतितोला २ हजार ५ सय ५० रूपैयाँ तोकिएको छ।


प्रकाशित : बुधबार, असोज १ २०८२११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend