शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्यमा रेकर्ड, तोलाकै २ लाख १७ हजार नाघ्यो

मंगलबार, भदौ ३१ २०८२
सुनको मूल्यमा रेकर्ड, तोलाकै २ लाख १७ हजार नाघ्यो

चाँदीको मूल्य पनि मंगलबार तोलामा २० रूपैयाँले वृद्धि हुँदै प्रतितोला दुई हजार ५ सय ९५ रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख १७ हजार एकसय रूपैयाँ पुगेको छ।

यसअघि गएको शुक्रबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य यो साता आइतबार ७ सयले घटेको थियो। सोमबार तोलामा एकसयले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ९ सय रूपैयाँले वृद्धि हुँदै कीर्तिमानी बिन्दुमा पुगेको हो।

गत शुक्रबार सुन उच्च मूल्य प्रतितोला दुई लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार तोलामा २० रूपैयाँले वृद्धि हुँदै प्रतितोला दुई हजार ५ सय ९५ रूपैयाँ कायम छ। 


प्रकाशित : मंगलबार, भदौ ३१ २०८२११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend