काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला ७ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एकसय रूपैयाँले बढेको हो।
सोमबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार दुईसय रूपैयाँ तोकिएको छ।
यो साता आइतबार सुन प्रतितोला दुई लाख १५ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य आजका लागि प्रतितोला दुई हजार ५ सय ७५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ७ सय ७० रूपैयाँमा कारोबार भएको थियो।


