बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

युद्धभूमिझैँ देखिएको सिंहदरबार [तस्बिरहरू]

शुक्रबार, भदौ २७ २०८२
युद्धभूमिझैँ देखिएको सिंहदरबार [तस्बिरहरू]

ठूलो युद्धपछिको मैदानजस्तो सिंहदरबारबाट धुँवा उडिरहेको छ। मैदानमा जलेका गाडीहरूले अझ कुरुपता थपेको छ। सिंहदरबारकै केही भवनको अवस्था भने दुरुस्त नै रहेको छ।

काठमाडौं- नयाँ पुस्ताले गरेको आन्दोलन भड्किँदा सरकारको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका मुख्य भवनहरूमा आगजनीले क्षति भएको छ।

अधिकांश भवन जलेका छन्। पार्किङ गरेका सवारीसाधनहरूमा पनि आगजनी भएका छन्। कतिपयमा अझै पनि आगो लागिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा अझै पनि दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ। 

गृह मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सडक विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयलगायत संरचना तोडफोड र आगजनी भएको छ। 

ठूलो युद्धपछिको मैदानजस्तो सिंहदरबारबाट धुँवा उडिरहेको छ। मैदानमा जलेका गाडीहरूले अझ कुरुपता थपेको छ। सिंहदरबारकै केही भवनको अवस्था भने दुरुस्त नै रहेको छ। 

aagjani singhadarbar (2).jpg
aagjani singhadarbar (3).jpg
aagjani singhadarbar (4).jpg

aagjani singhadarbar (1).jpg

aagjani singhadarbar (6).jpg
aagjani singhadarbar (7).jpg
aagjani singhadarbar (8).jpg
aagjani singhadarbar (9).jpg
aagjani singhadarbar (10).jpg
aagjani singhadarbar (11).jpg
aagjani singhadarbar (12).jpg
aagjani singhadarbar (13).jpg


प्रकाशित : शुक्रबार, भदौ २७ २०८२१६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend