शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

वीरगञ्ज आइपुग्यो भारतीय निजी कार्गो रेल

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
वीरगञ्ज आइपुग्यो भारतीय निजी कार्गो रेल

हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट निजी कार्गो सेवा सुरु गरेको हो। हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगा आइपुगेको छ। 

काठमाडौं- भारतबाट पहिलो पटक निजी कम्पनीको कार्गो रेल वीरगञ्ज आइपुगेको छ। बुधरबार बिहान कार्गो सामान बोकेको रेल वीरगञ्ज आइपुगेको हो। 

हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट निजी कार्गो सेवा सुरु गरेको हो। हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगा आइपुगेको छ। 

सोमबार हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधबार बिहान वीरगञ्ज आएको हो। नेपालमा रेलवेमार्फत सामान ढुवानीमा निजी सेवाप्रदायक प्रवेश गरेको हो। 

rail.jpeg
नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो। 

तर उक्त सम्झौता केही महिनाअघि संशोधन भएसँगै निजी कार्गो रेलले पहिलो पटक सामान लिएर नेपाल आएको हो। 

संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको थियो। 

त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गाे ढुवानीमा कोन्करको एकाधिकार थियो।


प्रकाशित : बुधबार, भदौ ३० २०७८०६:४६
  • सम्बन्धित विषय:

  • # रेल
  • # वीरगञ्ज रेल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend