शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट

सोमबार, भदौ २३ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट

सुविधा उपभोगका लागि ग्राहकहरुले बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट मिल्ने भएको छ। बैंक र अस्पतालबीच छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बुटवलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले एडमिसन चार्ज, ओटी चार्ज, ल्याब चार्ज, मेडिसिन र फार्मेसीजस्ता सेवामा उक्त छुट पाउनेछन्।

सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : सोमबार, भदौ २३ २०८२१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend