काठमाडौं- सीजी इलेक्ट्रोनिक्सले यस वर्षको महान चाडपर्व दसैँ-तिहारलाई लक्षित गर्दै क्रम्पटन विशेष अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत क्रम्पटनका उत्पादन खरिद गर्ने उपभोक्ताहरुलाई आकर्षक उपहार तथा भाग्यशाली पुरस्कार जित्ने अवसर मिल्नेछ।
बम्पर लक्की ड्रमा माइडिया ४८२ लिटर एसबीएस रेफ्रिजेरेटर, मासिक लक्की ड्रमा माइडिया १०० सिरिज वासिङ मेसिन (८ केजी), साप्ताहिक लक्की ड्रमा क्रम्पटन मिक्स्चर ग्राइन्डर प्राप्त गर्न सक्नेछन्।
यस्तै, सजिलो ईएमआई, फ्रि डेलिभरी र फ्रि इन्सटलेसन सुविधा रहेको कम्पनीले जनाएको छ।
ग्राहकहरुले खरिदपश्चात उपलब्ध क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी यस योजनामा सहभागी हुन सक्नेछन्।


