शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दराजसँग दसैँ धमाका : सामान खरिदमा सानिमा बैंकको कार्डमार्फत अग्रिम भुक्तानी गर्दा विशेष छुट

सोमबार, भदौ २३ २०८२
दराजसँग दसैँ धमाका : सामान खरिदमा सानिमा बैंकको कार्डमार्फत अग्रिम भुक्तानी गर्दा विशेष छुट

भदौ २४ देखि सुरु हुने यो योजना असोज ७ गतेसम्मका लागि लागु हुनेछ।

काठमाडौं- सानिमा बैंकले ग्राहकहरुका लागि बडा दसैँको अवसरमा 'दराजसँग दसैँ धमाका' योजनामा विशेष छुट दिने सहकार्य गरेको छ। 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १ हजार रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिनेछ।

भदौ २४ देखि सुरु हुने यो योजना असोज ७ गतेसम्मका लागि लागु हुनेछ।


प्रकाशित : सोमबार, भदौ २३ २०८२१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend