शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

शिवम् सिमेन्टको 'नो कम्प्रमाइज' अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक

सोमबार, भदौ २३ २०८२
शिवम् सिमेन्टको 'नो कम्प्रमाइज' अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।

काठमाडौं- शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा 'नो कम्प्रमाइज' अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ। जसमा समयको महत्वलाई दर्शाइएको छ।

कम्पनीका अनुसार यो अभियान विज्ञापनमात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ।

'नो कम्प्रमाइज' भन्न जति सजिलो छ त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधैँ ठाडो हुन्छ' भन्ने सन्देशमार्फत आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुतरूपमा प्रस्तुत गरेको शिवम् सिमेन्टले जनाएको छ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो 'नो कम्प्रमाइज' को वाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : सोमबार, भदौ २३ २०८२११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend