शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दसैँ किनमेललाई अझ भव्य बनाउँदै दराज, 'बडा दसैँ, बडा तयारी' अभियान घोषणा

आइतबार, भदौ २२ २०८२
दसैँ किनमेललाई अझ भव्य बनाउँदै दराज, 'बडा दसैँ, बडा तयारी' अभियान घोषणा

न्यूनतम ४९९ रूपैयाँको खरिद गर्दा छानिएका उत्पादनहरूमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ।

काठमाडौं- नेपालीहरुको महान चाड बडादसैँ नजिकिँदै गर्दा नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दसैँ धमाका 'बडा दसैँ, बडा तयारी' घोषणा गरेको छ।

उक्त अफरले उपभोक्ताहरूको दसैँ किनमेललाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने कम्पनीको भनाइ छ।

भदौ २४ देखि असोज ७ सम्म चल्ने उक्त सेल अफरमार्फत उपभोक्ताहरूले ७५ प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र १ लाख रूपैयाँभन्दा बढीको खरिदमा १० हजार रूपैयाँसम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन्।

यसले उपभोक्तालाई दसैँको तयारीका लागि आवश्यक हरेक सामग्रीदेखि फेसन र जीवनशैली लगायतका उत्पादनसम्म सबथोक एकैपटक एकै स्थानमा सहजै किन्ने अवसर प्रदान गर्ने उद्देश्य दराजले लिएको छ।

दसैँ धमाकाअन्तर्गत दराजले सातवटा प्रमुख बैंकहरूसँग सहकार्य गरी प्रिपेमेन्ट छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ।

यसअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत छुट (१५ सय रूपैयाँसम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (एक हजार रूपैयाँसम्म) छुट  पाउनेछन्। यस अभियानमा सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्याति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंक रहेका छन्।

अभियान अवधिभर उपभोक्ताहरु माझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधा पनि यथावत रहनेछ। न्यूनतम ४९९ रूपैयाँको खरिद गर्दा छानिएका उत्पादनहरूमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ। यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने हुन्छ।


प्रकाशित : आइतबार, भदौ २२ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend