शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एसपीजी अटोमोबाइल्सको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान : आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर

आइतबार, भदौ २२ २०८२
एसपीजी अटोमोबाइल्सको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान : आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर

यो विशेष अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र सर्त तथा नियम लागु हुने कम्पनीको भनाइ छ।

काठमाडौं- नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले यस दसैँ-तिहारको अवसरमा ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ। यो अभियान जेइको जे५, ओमोडा ई५ र जेइको जे६मा लागु हुनेछ।

कम्पनीका अनुसार यस अभियानले ग्राहकलाई आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर दिएको छ। ६०.९९ लाख रूपैयाँ मूल्य पर्ने नयाँ जेइको जे५ विशेष फेस्टिभ अफरमा ५६.९९ लाख रूपैयाँमा उपलब्ध छ।

त्यसैगरी, ओमोडा ई५ को मूल्य ६१.९९ लाख रूपैयाँ भएपनि फेस्टिभ अफरमा ५४.९९ लाखमा र ६९.९९ लाख मूल्य पर्ने जेइको जे६ ६५.९९ लाखमा उपलब्ध रहेको छ। यस अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट वाल चार्जर र १ वर्षको इन्स्योरेन्स पनि समावेश छन्।

यो विशेष अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र सर्त तथा नियम लागु हुने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार जेइको जे५ को लम्बाइ ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटर छ, जसमा आकर्षक १८ इञ्चका एलोय ह्वील फिट गरिएको छ। यो एसयूभीलाई १५५ किलोवाट इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर ब्याट्री प्याक छ, जसले एक पटकको चार्जमा ४०२ किलोमिटरको रेञ्ज प्रदान गर्छ। यसमा स्पेयर टायरको सुविधा छ र ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर रहेको छ।

यस्तै, ओमोडा ई५ पूर्णतया इलेक्ट्रिक एसयूभी हो, जसमा ९९ किलोवाट मोटर पावर र ६१ किलोवाट आवर ब्याट्री प्याक रहेको छ। यसले एक पटकको चार्जमा ४३० किलोमिटरको डब्लूएलटीपी रेञ्ज दिन्छ। यसमा पनि स्पेयर टायर र १८५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स समावेश छ, जसले लामो यात्रालाई सहज बनाउँछ।

जेइकोजे६ हल्का अफ-रोड आरडब्लूडी गाडी हो, जसमा १३५ किलोवाट मोटर पावर, ६५.६९ किलोवाट आवर ब्याट्री प्याक, ४०० किलोमिटर डब्लूएलटीपी रेञ्ज र २०० मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ।


प्रकाशित : आइतबार, भदौ २२ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend