काठमाडौं- निरन्तर उकालो लागिरहेको सुनको मूल्य आइतबार तोलाकै दुई लाख १२ हजार रूपैयाँ पुगेको छ।
गएको शुक्रबार प्रतितोला दुई लाख १० हजार चारसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च कायम भएको हो।
गत साताभर उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य बिहीबार एकदिन थामिएको थियो। यो साता पुन: कीर्तिमानी बिन्दुमा पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको हो।
चाँदीको मूल्य पनि गत शुक्रबारको तुलनामा आज तोलामा १० रूपैयाँले बढेर प्रतितोला दुई हजार ५ सय रूपैयाँ पुगेको छ।


