बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आफ्नै पैसामा लगानी गर्ने बढेकाले सेयर धितो कर्जाको कडाइले बजारलाई असर गर्दैन

बुधबार, फागुन ११ २०७८
आफ्नै पैसामा लगानी गर्ने बढेकाले सेयर धितो कर्जाको कडाइले बजारलाई असर गर्दैन

नेपाल राष्ट्र बैंकले सेयर धितोमा गरेको कडाइले लगानीकर्तामा खासै असर पर्ने देखिँदैन। नेपाल राष्ट्र बैंकले सेयर ऋण प्रवाहमा थप कडाइ गरेको छ।

जसमा राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै सेयर धितो कर्जा र घरजग्गाको कर्जाको जोखिम भार बढाएको छ। सेयर बजारमा मनोबैज्ञानिक असरले केही घटाउने भए पनि कर्जा लिएर लगानी गर्ने नभएकोले बजारलाई असर पार्दैन। मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ।

यसअघि मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार एक सय प्रतिशत रहेको थियो। विगतमा पनि १ सय ५० प्रतिशत रहेको थियो। पछि घटाउँदा केही धितोकर्जा लिने बढेता पनि ब्याजदर बढेकाले खासै त्यसतर्फ असर पार्दैन।

नयाँ ऋण लिनेहरूलाई असर पार्ने हो। नयाँ ऋण लिनेहरूलाई बैंकले ऋण नै दिएका छैनन्। सेयरको ऋणको जोखिम वास्तवमा कम छ। बजारमा अहिले नकारात्मक कुराहरूले असर पारेको हो। राष्ट्र बैंकले बरु लाभांश लगायतको विषयमा गर्ने कडाइले असर पार्ने गरेको छ। 

(छाेटेलाल राैनियारसँगको संक्षिप्त कुराकानीमा आधारित)


प्रकाशित : बुधबार, फागुन ११ २०७८१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend