बिहीबार , साउन २२ गते २०८२    
बिहीबार , साउन २२ २०८२
images
images

देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालन

images
बुधबार, साउन २१ २०८२
images
images
देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालन

साथै अर्घाखाँचीको सन्धीखर्क गोरुसिंगे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको सहिद राजमार्ग र दैलेखको दैलेख सुर्खेत सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- मुलुकभर परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन्।

images

अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरोध भएका छन्।

images
images

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालिगण्डकी कोरिडोर, गुल्मीको रुरु गाउँपालिकास्थित रिडी तम्घास सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा-भेरी कोरिडोर पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ।

images
images
images

यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, तेह्रथुमको  मध्यपहाडी राजमार्ग, महोत्तरीको पूर्वपश्चिम लोकमार्ग, रसुवाको गल्छी त्रिशुली सडक, बागलुङको कालिगण्डकी कोरिडोर र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालिगण्डकी कोरिडोर, मुस्ताङको वेनी-जोमसोम सडक, तनहुँको पृथ्वीराजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएका छन्।

साथै अर्घाखाँचीको सन्धीखर्क गोरुसिंगे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको सहिद राजमार्ग र दैलेखको दैलेख सुर्खेत सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन २१ २०८२१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend