आइतबार, जेठ ६ गते २०८१    
images
images

रनर बंगलादेश मोटरसाइकल एसेम्बल गर्न नेपाल आउँदै

बहुमत हिस्सा लिएर नयाँ साझेदारको खोजी, अफ्रिका निर्यातको लक्ष्य

images
मंगलबार, फागुन १० २०७८
images
images
रनर बंगलादेश मोटरसाइकल एसेम्बल गर्न  नेपाल आउँदै

नेपालमा सवारी एसेम्बल उद्योग स्थापना गर्न आवश्यक सर्त तथा सेवासुविधाबारे उनीहरुले विस्तृतमा अध्ययन गरेका थिए। रमन मोटर्सका अध्यक्ष रमन महतो भने यो प्रक्रियामा सक्रिय थिएनन्। 

images
images

काठमाडौं- बंगालादेशी मोटरसाइकल ब्रान्ड रनर २०१७ देखि नेपाली बजारमा आधिकारिक रुपमा भित्रिँदै आएको छ। यो ब्रान्ड निर्माण व्यवसायमा रहेको रमन जनरलकै अर्को कम्पनी रमन मोटर्सले आयात गर्दै आएको छ। 

images
images
images

रमन मोटर्सले आयात सुरु गरेको केही समय लगत्तै रनरका मोटरसाइकल एसेम्बल गर्ने बताएको थियो। तर कम्पनीले हालसम्म त्यसबारे कुनै ठोस निर्णय गरेको छैन। बरु रमन मोटर्स र रनर बंगालादेशबीच उत्पादित मोटरसाइकलका विषयमा विवाद चर्किँदै गयो। रमनले रनरका केही मोडलमा परिमार्जन गरेर पठाउन गरेको आग्रहमा रनरले अटेरि गरेको निष्कर्ष रमनले निकाल्यो। 

images

जसको परिणामस्वरुप गएको एक वर्षयता रनरका मोटरसाइकल नेपाल आयात हुन सकेको छैन। रमन मोटर्सका अध्यक्ष रमन महतो आफूले गरेको आग्रहमा उतपादक कम्पनीले बेवास्ता गरेको भन्दै रनरका मोटरसाइकल आयात गर्ने विषयमा त्यति सकारात्मक देखिएका छैनन्। 

images
images

नेपाललाई उदयमान बजारमा रुपमा देखेको रनर बंगालादेश भने यो बजार गुमाउन चाहँदैन। त्यसैले रनर बंगालादेशले नेपालमै मोटरसाइकल एसेम्बल उद्योग स्थापना गर्ने तयारी गरिहेको छ। यही उद्देश्यका साथ जनवरीमा रनर बंगालादेशका अध्यक्ष हफिजुर रहेमान खानसहित पाँच उच्चपदस्थ अधिकारीहरूको टोली नेपाल आएको थियो। 

images
images

त्यही क्रममा उनीहरूले नेपालमा सवारी एसेम्बल उद्योग स्थापना गर्न आवश्यक सर्त तथा सेवासुविधाबारे विस्तृतमा अध्ययन गरेका थिए। रमन मोटर्सका अध्यक्ष रमन महतो भने यो प्रक्रियामा सक्रिय थिएनन्। 

रनरका मोटसाइकल एक वर्षदेखि आयात नहुनु, उत्पादक कम्पनीका अध्यक्षसहितको टोली नेपाल आउँदा त्यसमा सक्रिय नहुनु, रमन मोटर्सका चार डिलर बन्द हुनुलगायत कारण महतोले रनरको आधिकारिक बिक्रेता निरन्तरता दिन नचाहेको जस्तो देखिएको त्यहीका एक कर्मचारीले बताए। ‘उत्पादक कम्पनीका अध्यक्षसहितको टोली नेपाल आएको छ, यही एसेम्बल गर्नेसम्मको योजना सुनाइसकेको छ,’ ती उच्च तहका कर्मचारीले भने, ‘यस्तो बेला पनि आधिकारिक आयातकर्ता कम्पनीका अध्यक्षले चासो नदिनुले शंका बढाएको छ।’ 

रनर बंगालादेश भने सकेसम्म रमन मोटर्स नै आफ्नो साझेदार रहोस् भन्ने चाहन्छ। रनरको सबैभन्दा राम्रो अन्तर्राष्ट्रिय बजार नेपाल हो। रनरका मोटरसाइकल तथा स्कुटर बंगालादेशपछि नेपाल र भुटानमा बिक्री हुँदै आएको छ। नेपालमा युरो थ्रीभन्दा तलका सवारी आयात गर्न नपाउने अवस्थामा समेत युरो मापदण्ड नै नभएका रनरका मोटरसाइल ल्याएर बिक्री गरेको साझेदार रमन मोटर्स गुमाउन पक्षमा बंगालीहरू नरहेको ती कर्मचारीले बताए। तर अहिले भने रनरले बंगालादेशमा युरो थ्री स्तर प्रमाणित गरेर मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको छ। 

तर रनर बंगालादेशको सर्तसहितको आग्रह रमन मोटर्सले स्वीकार नगरेको खण्डमा नयाँ साझेदार खोजेर नेपालमा सवारी एसेम्बल गर्ने निष्कर्षमा कम्पनी पुगेको छ। रनर बंगालादेश आफैँ बहुमत सेयरसहित कम्पनी स्थापना गरेर नेपाली साझेदारलाई केही हिस्सा दिने पक्षमा रहेको छ। 

रनरले हालै बंगलादेशमा विद्युतीय स्कुटर समेत सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय स्कुटरको आयात तथा माग बढ्दै गएकाले यहाँ एसेम्बल उद्योग स्थापना गरेलगत्तै विद्युतीय स्कुटर समेत उत्पादन गर्ने योजना रनर बंगालादेशको रहेको छ। त्यस्तै कम्पनीले नेपालमा मोटरसाइक तथा स्कुटर एसेम्बल गरेर नेपाली बजारमा बिक्री गर्दै अफ्रिकी मुलुकमा निर्यात गर्ने योजनाबारे समेत छलफल गरेको थियो। 

यसबारे रनर बंगालादेशले नेपालमा एसेम्बल प्लान्ट स्थापना गर्नेगरि उद्योग दर्ता गर्दा यो विषय समेत खुलाउने बताएको छ। 

सरकारले मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न आयात गरिने अनएसेम्बल्ड अवस्थाको सवारी आयातमा दुई तह अन्तःशुल्क छुट दिने व्यवस्था गरेको छ। यसैको परिणाम स्वरुप दर्जन बढी दुईपांग्रे सवारी एसेम्बल गर्न उद्योग दर्ता भएसकेका छन्। तर हालसम्म नेपालमा बजाज र टीभीएसका मात्र मोटरसाइकल एसेम्बल भइरहेका छन्।

चालु आर्थिक वर्षको बजेटले एसेम्बल गर्न आयात हुने मोटरसाइकलमा दुई तह छुट दिने व्यवस्था गरेको हो। यसअघि यस्ता सवारीको आयातमा एक तहमात्र छुट दिइँदै आएको थियो। छुट बढाएको मात्र होइन तयारी मोटरसाइकलको आयातमा कर बढाइएकाले पनि राम्रो बजार हिस्सा भएका कम्पनीहरू एसेम्बल गर्नुपर्ने दबाबमा परेका हुन्।


प्रकाशित : मंगलबार, फागुन १० २०७८०५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend