काठमाडाैं- झापा स्थित दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला भएसँगै अवलोकनका लागि पुग्नेहरुको संख्या बढिरहेको छ।
साउन १ गते चार सय १८ जना सर्वसाधारणले अवलोकन गरेकोमा २ गते तीन सय ८१ र ३ गते चार सय ८१ जनाले अवलोकन गरेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङ्ले जानकारी दिए।
व्यापारिक कम्प्लेक्स बिहान १० देखि बेलुका ५ बजेसम्म खुला गरिएको छ भने प्रति व्यक्ति प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ।
सहरी विकास मन्त्रालयले साउन १ बाट परिक्षणका रुपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो।
एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ। ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ। यो धरहराभन्दा अग्लो हो।