आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

मधेस प्रदेशले फिर्ता ल्यायो अतिक्रमण भएको चार सय ४२ हेक्टर वन

images
शनिबार, साउन ३ २०८२
images
images
मधेस प्रदेशले फिर्ता ल्यायो अतिक्रमण भएको चार सय ४२ हेक्टर वन

निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार पाँच सय ९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए।

images

जनकपुरधाम- मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा चार सय ४२ हेक्टर वनजंगलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ।

images
images

उक्त निर्देशनालयबाट प्राप्त जानकारीअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा एक सय ७५ हेक्टर, सप्तरीमा एक सय ११  हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौटहटमा १२  हेक्टर, सिरहामा १० हेक्टर तथा महोतरीमा तीन हेक्टर वन क्षेत्रको जमिन फिर्ता लिइएको छ।

images
images

निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार पाँच सय ९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए।

images
images
images

यसैबीच, मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले प्रशासनिक संयन्त्रले मात्र वनसम्बन्धी समस्यम समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय संयन्त्रको समन्वय आवश्यक छ भएकाे बताए।

मन्त्रालयका सचिव उद्धवबहादर घिमिरेले वन क्षेत्रलाई अतिक्रमण हुनबाट रोक्न मातहतका कार्यालयललाई कठोर भएर काम गर्न परिपत्र गरिएको तथा पर्याप्त जनशक्ति परिचालन गरेर परिणाम निकाल्नेगरी समन्वयका साथै अनुगमन हुने प्रतिबद्धता व्यक्त गरे।

हाल देशमा ४५ प्रतिशत भूभाग वनले ढाकेको छ। जसमध्ये मधेस प्रदेशमा मात्र तीन दशमलव ७२ प्रतिशत भूभाग वनक्षेत्रले ढाकेको सो निर्देशनालयले जनाएको छ।

प्रदेशभरि दुई लाख दुई हजार दुई सय दुई वनक्षेत्र रहे पनि एक सय ३६ स्थानीय तहमध्ये ८९ वटामा वनक्षेत्र नै नभएको बताइएको छ। देशको  कूल वन क्षेत्रमध्ये आठ प्रतिशत अतिक्रमणको चपेटमा परेको जनाइएको छ। रासस


प्रकाशित : शनिबार, साउन ३ २०८२१५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend