आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

तनहुँमा चैते धान प्रबर्द्धन आयोजनाबाट एक हजार एकसय ७७ मेट्रिकटन उत्पादन

images
शनिबार, साउन ३ २०८२
images
images
तनहुँमा चैते धान प्रबर्द्धन आयोजनाबाट एक हजार एकसय ७७ मेट्रिकटन उत्पादन

जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

images

तनहुँ- तनहुँमा सञ्चालन भएको चैत धान प्रबर्द्धन आयोजनामार्फत एक वर्षमा एक हजार एकसय ७७ मेट्रिकटन चैते धान उत्पादन भएको छ।

images
images

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

images
images

केन्द्रले १२ सहकारीमार्फत चैते धान प्रबर्द्धन आयोजना सञ्चालन गरेको थियो। कार्यक्रम सञ्चालनका लागि  ५८ लाख ५० हजार रुपैयाँ बजेट रहेकामा ४२ लाख ९४ हजार रुपैयाँ खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।

images
images
images

उनी भन्छन्, ‘यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत क्लस्टरमा सञ्चालन गरिएको थियो। एउटा क्लस्टरमा कम्तीमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो।’  चैते धान प्रबर्द्धन कार्यक्रममार्फत ७५ देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको उनले बताए।

कार्यक्रममार्फत कृषकलाई आठ हजार एकसय केजी बीउ, १४ मिनिटिलर, चार कम्बाइन मिल, ३२ स्प्रेयर, एक मल्टिक्रप थ्रेसर, दुई सय ४६ त्रिपाल, तीन डिजिटल तराजु, दुई सय जुटको बोरा वितरण गरिएको छ भने ८ सय ३ मिटर कुलो निर्माण गरिएको छ।

आँबुखैरेनी गाउँपालिका-२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थालाई एक लाख ९३ हजार ६ सय २४, बन्दीपुर गाउँपालिका-३ स्थित असौबोटे प्रेम नगर अर्गानिक कृषि समूहलाई तीन लाख ५६ हजार चार सय ७६, व्यास नगरपालिका-८ स्थित रिस्ती मादी कृषक समूहलाई पाँच लाख २१ हजार दुई सय ६१ रुपैयाँ दिइएकाे थियाे।

व्यास नगरपालिका-९ स्थित फूलबारी कृषक समूहलाई एक लाख ६ हजार सात सय २५, भानु नगरपालिका-४ स्थित तिलाहार कृषि सहकारी संस्थालाई चार लाख ७७ हजार पाँच सय ३९, भिमाद नगरपालिका-६ स्थित भिमाद साना कृषि सहकारी संस्थालाई दुई लाख २१ हजार दुई सय ५० रुपैयाँ वितरण भएकाे थियाे।

त्यस्तै, म्याग्दे गाउँपालिका-४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहलाई दुई लाख ७६ हजार ९ सय ८ रुपैयाँ वडा नम्बर ३ स्थित स्यागेटारी कृषक समूहलाई तीन लाख ५५ हजार पाँच सय ३९, सोही वडाको आम्बोटे कृषक समूहलाई तीन लाख ७६ हजार चार सय ८६ रुपैयाँ वितरण गरिएको छ।

व्यास नगरपालिका-१३ स्थित तुलसी कृषक समूहलाई पाँच लाख १८ हजार २४, शुक्लागण्डकी नगरपालिका-११ स्थित क्याङ्दी खोला सिर्जनशील आइपिएम कृषक समूहलाई तीन लाख ४८ हजार दुई सय ६६ र शुक्लागण्डकी नगरपालिका-१० स्थित युनिक अभियान कृषि सहकारी संस्थलाई दुई लाख ४२ हजार दुई सय ५० रुपैयाँ सहयोग गरिएको केन्द्रले जनाएको छ। रासस


प्रकाशित : शनिबार, साउन ३ २०८२१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend