काठमाडौं- प्रतिनिधिसभाकाे मंगलबारजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्विकार गरेको छ।
बैठकमा सांसदहरू डा. अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्माले खर्च कटौतीका प्रस्ताव राखेका थिए।
त्यस्तै सांसद चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्यामु लामा (तामाङ), गंगा कार्की र लेखनाथ दाहालले पनि खर्च कटौतीका प्रस्ताव राखेका थिए।
तर, संसद बैठकमा उपस्थित बहुमत सदस्य सांसदहरुले सबै सांसदले राखेकाे खर्च कटौतीकाे प्रस्ताव अस्विकार गरेका हुन्। रासस