मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

कञ्चनजंघा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा, प्रचारप्रसार र प्रवर्द्धनका लागि पर्यटन महोत्सव गरिँदै

images
मंगलबार, जेठ ६ २०८२
images
images
कञ्चनजंघा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा, प्रचारप्रसार र प्रवर्द्धनका लागि पर्यटन महोत्सव गरिँदै
images
images

ताप्लेजुङ- सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५-१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको  छ।

images
images
images

सामुद्रिक सतहबाट तीन हजार ५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिएको रमणीयस्थल हो धार्मिक महत्वका साथै पर्यटन सम्भावनाले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि सिदिङ्वा धाम महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

images
images

गाउँपालिकाभित्रका अन्य प्रमुख पर्यटकीय गन्तव्य ढङ्ढंगे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुंगालगायत स्थलको प्रचारप्रसार र प्रवर्द्धन पनि महोत्सवमार्फत गरिने छ। जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।

images
images
images

गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा परिचित धार्मिक पर्यटकीय क्षेत्र भएकाले महोत्सवले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनका अनुसार पर्यटन गतिविधि बढेसँगै गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने छ। 

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले  सिदिङ्वा धाम कञ्चनजंघा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताइन्। उनका अनुसार महोत्सवले स्थानीय तथा बाह्य पर्यटक आकर्षण बढाउने छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिलगायत विविध गतिविधि रहने छन्।

तीनदिने महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिताका विजेतालाई नगद ५० हजार रूपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छभने उपविजेताले ३० हजार रूपैयाँ पुरस्कार पाउने छन्। त्यसैगरी, हाफ म्याराथन प्रतियोगिता पनि हुनेछ, जसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार पुरस्कार पाउने छन्। सांस्कृतिक कार्यक्रमअन्तर्गत नौमती बाजा, च्याब्रुङ नाच (केःलाङ) तथा स्थानीय जातजातिका संस्कार-संस्कृति प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ।

धार्मिक पर्यटनको दृष्टिले सिदिङ्वा धाम पछिल्लो समय आन्तरिक पर्यटकबीच लोकप्रिय बन्दै गएको छ। पछिल्लो समयमा भ्रमण गर्ने आन्तरिक पर्यटक उल्लेख्य वृद्धि भएको स्थानीय कैलाश राईले बताए। उनका अनुसार यसअघि सीमित पर्यटक मात्र पुग्ने सिदिङ्वा धाममा अहिले बढ्दो सङ्ख्यामा पर्यटक आउन थालेका छन्। धाम सिदिङ्वा गाउँपालिका-२ सादेवा र वडा नं ३ आङ्खोपको सीमामा अवस्थित छ। अहिले  सिक्रेडाँडासम्म सडक पुगेपछि अझ सुलभ बनेको छ। सिक्रेडाँडाबाट सिदिङ्वासम्म करिब अढाइ घण्टाको पैदलयात्रा गर्नुपर्छ।

यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी, भारतका सिक्किम र दार्जिलिङका रमणीय दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ। धार्मिक मान्यताअनुसार सिदिङ्वा धामलाई सिद्ध नामक ऋषिले तपस्या गरेर मनोकांवा पूरा गरेको स्थल मानिन्छ। दर्शनार्थीहरू यहाँ आफ्नो इच्छा पूरा हुने विश्वाससहित पूजाआजा गर्न पुग्ने गर्छन्। स्थानीयका अनुसार विशेषगरी वैशाख र असोजमा तथा ऋषि तर्पणीको समयमा सिदिङ्वामा उल्लेख्य सङ्ख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन्।

गाउँपालिका उपाध्यक्ष कडरियाले प्रचारप्रसारको अभावले पर्यटकको सङ्ख्या कम रहेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाललगायत माध्यमले यस क्षेत्रमा पर्यटक बढ्न थालेको बताए। सिक्रेडाँडासम्म सडक ट्रयाक निर्माण, पदमार्ग, प्रवेशद्वार (गेट)लगायत संरचना निर्माण थालिएको उनले जानकारी दिए। गाउँपालिकाले सिदिङ्वा धाम क्षेत्रको थप प्रचारप्रसार र प्रवर्द्धनका लागि महोत्सवसहित दीर्घकालीन योजना बनाएको छ। हाल सिदिङ्वा धाममा स्थानीय, ताप्लेजुङका अन्य क्षेत्र र पाँचथरबाट पनि पर्यटक पुग्ने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, जेठ ६ २०८२११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend