शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एकैदिन १३५ आरोही सगरमाथा शिखरमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ५ २०८२
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा

तथ्यांकअनुसार वसन्त ऋुतमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्।

काठमाडौं- मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १ सय ३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। 

वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ।

सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आइतबार धेरै आरोहीले सगरमाथा चढेका हुन्। सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ।

विभागका निर्देशक हिमाल गौतमले भने, 'मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो। त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन्। सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन्।'

निर्देशक गौतमले हालसम्म २०० भन्दाबढीले सगरमाथा आरोहण गरेको र भोलि सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको जानकारी दिए।

विभागको तथ्यांकअनुसार वसन्त ऋुतमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्।

फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

फोटो पत्रकारसमेत रहनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गरेकी छिन्। श्रेष्ठले आइतबार बिहान सगरमाथाको चुचुरोमा पाँचौँ पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ। श्रेष्ठले गत वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन्।

गोरखाको आरुघाट गाउँपालिका-१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend