शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन

आइतबार, जेठ ४ २०८२
‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका थिए। यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए।

काठमाडौं- ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ। पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो। 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका थिए। यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए। करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए।

साहसिक गन्तव्यको प्रबर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक  पहिलोपटक आयोजित अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी ३ सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ। नेपालका केही निजी वायुसेवा कम्पनीले पर्वतीय उडान भर्दै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ। पर्वतीय उडान करिब एक घण्टाको हुने जनाइएको छ। उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशंकरलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ। रासस


प्रकाशित : आइतबार, जेठ ४ २०८२१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend